सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

पल्सर स्पोर्टस अवार्डमा केल्मीको निरन्तरता

मङ्गलबार, २५ भदौ २०८१, १६ : ५२
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड–२०८०’ को २१औँ संस्करणका लागि नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीको नेपालस्थित आधिकारिक बिक्रेता कामरु टे«डिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।

भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने ‘एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड’ को सहप्रायोजनका लागि मंगलबार मञ्चका महासचिव प्रज्ज्वल ओली र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कामरुका निर्देशक न्यौपानेले स्पोर्टस अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवर्द्धनमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए । पल्सर स्पोर्टस अवार्डअन्तर्गत पाँचवटा विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

यसपटक वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष खेलाडी युवा र वर्ष प्रशिक्षक विधामा समान पाँच–पाँचजना खेलाडी/प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा क्रिकेटका गुलसन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ परेका छन् ।

उनीहरूको ई–सेवाबाट भोटिङ भइरहेको छ । त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेजबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिने मञ्चले जनाएको छ । त्यसबाहेक राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप