एआईजी श्यामलाल ज्ञवालीलाई आईजीपीले गरे बिदाइ
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली सेवा निवृत्त भएका छन् । ५६ वर्षे उमेरहदका कारण उनी अवकाशमा गएका हुन् ।
मंगलबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा ज्ञवालीको बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले ज्ञवालीलाई बिदाइ गरेका हुन् । ज्ञवालीलाई बिदाइ गर्दै आईजीपी कुँवरले उनको प्रशंसा गरेका छन् । उनले भने, ‘संगठनले सुम्पिएको जिम्मेवारी उच्च व्यवासायिकताको साथ पुरा गरेर उहाँले प्रहरी संगठनमा अतुलनीय योगदान गर्नुभएको छ ।’
ज्ञवालीलाई कुँवरले मायाको चिनो प्रदान गरे । आईजीपी कुँवर र ज्ञवाली २०५१ चैत ५ मा इन्स्पेक्टरबाट सँगै प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ । तर, ज्ञवालीसहितका उच्च प्रहरी अधिकृतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेर सो व्यवस्था हटाउन माग गरेका थिए । सर्वोच्चले उनीहरूको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ज्ञवाली अवकाशमा गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण