अर्थ
सुनको मूल्यमा नयाँ रेकर्ड
बुधबार, २६ भदौ २०८१, १० : ४६
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएकोमा बुधबार रु १००० बढेर तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यस्तै छापावाल सुन मंगलबार प्रति १० ग्राम १ लाख ३१ हजार ५१५ रुपैयाँ कायम भएको छ ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएकोमा बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै निरन्तर मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण