डीडीसीलाई ६० करोड रुपैयाँ ऋण दिने फाइल मन्त्रालयमा अड्कियो
बुधबार, २६ भदौ २०८१, १५ : २०
काठमाडौँ । सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरिएको फाइल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अड्किएको छ । भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले किसानको रकम भुक्तानी गर्नका लागि संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको थियो ।
निर्णय गरिएको उक्त फाइल कृषि मन्त्रालयले रकम निकासाका लागि अर्थ मन्त्रालयमा पठाउनु पर्ने छ । तर हालसम्म नपठाइएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
संस्थानले किसानलाई करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यसका लागि सरकारले ६० करोड रुपैयाँ ऋण दिने निर्णय गरेको हो । यो रकमसँगै डीडीसीले आफ्नो आन्तरिक रकमबाट किसानको रकम भुक्तानी गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण