पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीको छलफल : जायज माग कार्यान्वयन गर्ने आश्वासन
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
- प्रधानमन्त्रीले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।
- लगानीकर्ताको मनोबल उकास्ने, बजारलाई सन्तुलित बनाउने, करका विषयमा स्पष्टता ल्याउने र मार्जिन लेन्डिङ सञ्चालन गर्न नियम बनाउने जस्ता सुझावहरू प्रस्तुत गरिए।
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
सोमबार सिंहदरबारमा पुँजी बजार तथा धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे। पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधानका लागि नयाँ समिति बनाइरहनु भन्दा पनि सम्बन्धित निकायहरूले नै तुरुन्त काम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएको छलफलमा सहभागी सेयर ब्रोकर तथा पुँजीबजार विज्ञ एवं नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पुँजीबजार समितिका सभापति प्रियराज रेग्मीले जानकारी दिए।
प्रधानमन्त्रीसँगको छलफलका क्रममा आफूहरूले लगानीकर्ताको मनोबल उकास्ने, बजारमा आपूर्ति बढेकाले माग पक्षलाई पनि बढाएर बजारलाई सन्तुलित बनाउने, करका विषयमा देखिएका अस्पष्टता हटाई घाटा समायोजन गरेर मात्र कर लिने व्यवस्था मिलाउने तथा राष्ट्र बैंकले ब्रोकरहरू मार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न आवश्यक नियमहरू बनाइदिने लगायतका सुझाव दिएको रेग्मीले बताए।
त्यस्तै छलफलका क्रममा सहभागीहरूले स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधियुक्त बनाउने र उच्च दक्ष जनशक्ति आउने वातावरण बनाउनेसमेत सुझाव दिएका छन्। धितोपत्र बोर्डले १० कित्ते नीतिको पुनरावलोकन तथा सुधार गरी योग्य संस्थागत लगानीकर्ता मार्फत बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ ल्याउने व्यवस्था गर्नसमेत उनीहरूले सुझाएका छन्।
छलफलमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज र स्टक ब्रोकर एसोसिएसन अफ नेपाल लगायतका निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण