बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त
बुधबार, २६ भदौ २०८१, १८ : ५१
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।
सिन्धुपाल्चोक हेलम्बुका नेपाल खानेपानी सरसफाइ तथा जलवायु परिवर्तनका विज्ञ हुन् । जर्मन र नेपालबाट मास्टर्स तथा खानेपानी तथा जलवायु सम्बन्धमा पिएचडी गरेका नेपालले २१ वर्ष नेपाल सरकारको कर्मचारीको रूपमा काम गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले आयोगमा २ सदस्य समेत नियुक्त गरेको छ । आयोगको सदस्यमा काठमाडौँका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान नियुक्त भएका छन् । आयोगमा अझे २ सदस्य रिक्त रहेको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले छिट्टै नै रिक्त २ सदस्यको नियुक्तका विषयमा पनि सरकारले निर्णय गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण