सुवासचन्द्र नेम्वाङको स्मृतिमा अभ्यास अदालत प्रतियोगिता
ललितपुर । अनेरास्ववियु केन्द्रीय कानुन तथा सङ्घीय मामिला विभागले सुवासचन्द्र नेम्वाङ स्मृति अभ्यास अदालत प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा विभिन्न विश्वविद्यालयको विभिन्न क्याम्पसहरुबाट १५ वटा टिमका ६० जना विद्यार्थीले सहभागिता जनाएका छन्।
प्रतियोगिता सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा बुधबार ललितपुरमा अवस्थित केएमसी कलेजमा एक औपचारिक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ । उद्घाटन समारोह अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता थियो भने पूर्व कानुन मन्त्री संविधान सभा सदस्य माननीय अग्नि खरेल प्रमुख वक्ताको रूपमा रहेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मा अच्युत मैनाली, नेकपा एमाले केन्द्रीय सदस्य किशोर विक्रम मल्ल लगायत ७ वटै प्रदेशको प्रतिनिधित्व गर्दै आउनु भएका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । अभ्यास अदालत प्रतियोगिता भाद्र २८ गते सम्म ३ दिन चल्ने अनेरास्ववियु कानुन विभागका प्रमुख गोपाल नेपालले बताए।
सुवासचन्द्र नेम्वाङसँग जोडिएका धेरै पाटाहरूको सन्दर्भमा चर्चा गर्दै सुवास नेम्वाङलाई हेरेर कानुनी क्षेत्रका विद्यार्थीहरू बढ्न सके सजिलै सफलता हात पार्न सकिने पूर्व कानुन मन्त्री अग्नि खरेलले बताए ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले सुवास नेम्वाङले व्यवस्था परिवर्तनको लागि आन्दोलनको अग्रमोर्चामा रहदा तत्कालीन शाही सरकारले गिरफ्तार गर्दा आफूहरूको पक्षमा वकालत गरेको स्मरण गर्दै नेम्वाङले देखाएको बाटोमा अगाडि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला फेला
-
नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छ : एमाले महासचिव
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण