पलेशालाई सरकारको सम्मान, खातामा जम्मा गरियो ६५ लाख (तस्बिरहरु)
काठमाडौँ । सरकारले ऐतिहासिक पारा ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई औपचारिक रुपमा सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्माले उनलाई प्रसंशापत्रले सम्मान गरेका हुन् ।
_Mo4gdqFWku.jpg)
सोही क्रममा पुरस्कारस्वरुप उनको खातामा ६५ लाख रुपैयाँ गरिएको जानकारी दिइयो । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।
सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले उनले पुरस्कारस्वरुप पाउने रकममा कर छुट दिने निर्णय गरेको थियो ।
फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिक, २०२४ मा उनले कांस्य पदक जितेकी थिइन् । उनले तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।
नेपालका लागि पलेसाले पारा ओलम्पिक्स खेलमा पहिलो पटक पदक दिलाएकी हुन् ।
_3kH2V660yj.jpg)
_bBmIeElFwA.jpg)
_pFO6kEVbs3.jpg)
_WHSVaQaS7d.jpg)
_BJgZTzmvXm.jpg)
_9GCEgSXhpT.jpg)
_bv1OLuN1p5.jpg)
_A54lzOmHxT.jpg)
_xaYynDxjAs.jpg)
_ycGIotz0VY.jpg)
_IDr0FDwFrB.jpg)
_QnCrKH2KaG.jpg)
_geAL0jpdf1.jpg)
_GbZi8vFpDd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संगठनात्मक पुनर्संरचना गर्दै स्वास्थ्य मन्त्रालय
-
बारम्बार दुर्गन्धित वायु प्रवाह हुनु कलेजो बिग्रिएको सङ्केत हो ?
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण