हडतालमा उत्रिँदै बोइङका ३३ हजार कर्मचारी
शुक्रबार, २८ भदौ २०८१, १२ : १९
क्यालिफोर्निया । अमेरिकी विमान निर्माता कम्पनी बोइङका कर्मचारीहरू हडतालमा उत्रिदैंछन् । अमेरिकी समयअनुसार शुक्रबार बिहानदेखि कम्पनीको कर्मचारी सङ्गठनमा आबद्ध ३३ हजार कर्मचारीहरूले हडताल सुरु गर्दै छन् । कम्तीमा पनि २५ प्रतिशतसम्म तलब बढाइदिने बोइङको प्रस्ताव अस्वीकार गर्दै मेसिनिस्टहरूको अन्तर्राष्ट्रिय सङ्गठन (आईएएम)ले हडताल सुरु गर्न लागेको हो ।
प्रस्तावमा संगठनका सदस्यहरूको जागिरको सुरक्षा बढाइने पनि भनिएको थियो । तर आईएएमका ९५ प्रतिशत सदस्यहरूले सो प्रस्तावको विरुद्धमा मत दिएका थिए । छुट्टै मतदानमा ९६ प्रतिशतले हडताल गर्ने भनेर मत दिएका थिए । यसका लागि दुई तिहाई मात्रै मत भए पनि पुग्थ्यो ।
हडताल सुरु हुनु अघि सम्झौता हुने सम्भावना भएपनि हडताल भने नटर्ने देखिएको छ । यो आफ्नो भविष्यको लागि लगाई भएको आईएएमका एक उच्च अधिकारीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण