ट्वाइलेटमा स्मार्टफोन चलाउनु हुन्छ ?
काठमाडौँ । स्मार्टफोन हाम्रो जिन्दगीको महत्त्वपूर्ण हिस्सा बनेको छ । यसको प्रयोग हामी मनोरञ्जनका लागि गर्छौं ।
हामी ट्वाइलेट जाँदा समेत फोन हाम्रो साथमा हुन्छ । पछिल्लो समय ट्वाइलेटमा फोन चलाउनेको संख्या निकै धेरै छ । यस्तो गर्दा कयौँ स्वास्थ्य समस्या हुन सक्छ । फोन ट्वाइलेटमै पुग्नु भनेको तपाईँलाई यसको नराम्रो लत लागिसकेको छ भन्ने संकेत हो ।
त्यसैले त एक क्षण ट्वाइलेट जाँदा समेत तपाईँले फोन नलगी बस्न सक्नु भएन । फोन लगेपछि ट्वाइलेटमा आवश्यकताभन्दा धेरै बसिन्छ अनि रेक्टल विन्समा धेरै दबाब सृजना हुन्छ । यसले गर्दा हेमोरोइडको समस्या पनि निम्तन सक्छ । बस्नै पीडादायक र कठिन हुँदै जान्छ । यसबाहेक पनि ट्वाइलेटमा अनेकौँ ब्याक्टेरिया हुन्छन् । यी ब्याक्टेरिया हाम्रो फोनमा टाँसिन्छन् । ट्वाइलेट गएर आएपछि हामी हात त धुन्छौँ तर फोन धुदैनौँ ।
त्यही फोनमा हामी दिनरात टाँसिएर बस्छौँ । यसरी ब्याक्टेरिया मोबाइलको स्क्रिनबाट हात हुँदै शरीरभित्र पस्छ र हामी बिरामी हुन्छौँ । आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर पनि ट्वाइलेटमा फोनको प्रयोग बन्द गर्नुपर्छ । यसबाट फोनको लत र भविष्यमा हुन सक्ने बिमारी दुबैबाट हामी सुरक्षित रहन्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण