जिल्ला समितिहरू घोषणाको तयारीमा जनमत पार्टी
काठमाडौँ । जनमत पार्टीले जिल्ला कार्यसमिति घोषणा गर्ने तयारी गरेको छ । स्थानीय तहमा साधारणसभा गरेर समिति गठन भएसँगै पार्टीले जिल्ला समिति घोषणाको तयारी गरेको हो ।
जिल्ला समिति घोषणाको तयारी अन्तिम चरणमा रहेको जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले बताए । वडा तहदेखि पालिकाका विभिन्न समितिले सिफारिस गरेको व्यक्ति जिल्ला समन्वय समितिको सदस्य हुनेछन् ।
त्यस्तै जिल्लाका निर्वाचन क्षेत्र, गाउँपालिका, नगरपालिका र वडाका अध्यक्षहरू जिल्ला समितिका पदेन सदस्य रहने जनमत पार्टीले जनाएको छ । त्यसैगरी जिल्ला समितिका पदाधिकारी जिल्ला समितिका सदस्यहरूबाट चयन हुने उपाध्यक्ष साहले बताए ।
सबै सिफारिस भएर केन्द्रमा आएपछि त्यसैको आधारमा केन्द्रले जिल्ला समिति घोषणा गर्ने उनको भनाइ छ । अहिलेलाई उपत्यकाका तीन जिल्लासहित तराई मधेसका जिल्ला गरी २२ वटा जिल्लाको जिल्ला समिति घोषणा गर्न लागिएको उपाध्यक्ष साहले बताए ।
पार्टीको सचिवालयले भदौ ३१ भित्र सबै तहका पार्टी सदस्यलाई आफ्नो वार्षिक लेबी बुझाउन निर्देशन दिएको छ । समयमा लेबी नबुझाउने सदस्यको नाम सम्बन्धित समितिबाट हटाउने चेतावनी समेत सचिवालयले दिएको छ ।
केन्द्रीय समिति तथा राष्ट्रिय परिषद् समितिका सदस्यले वार्षिक एक हजार, प्रदेश समिति सदस्य ५०० सय, जिल्ला समिति सदस्यले ४००, पालिका समितिले ३००, वडा समिति सदस्यले २०० सय र क्रियाशील सदस्यता नवीकरणबापत वार्षिक १०० रुपैयाँ बुझाउनुपर्ने सचिवालयले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण