पत्रकार महासंघको निर्वाचन कार्यतालिका प्रकाशित
शनिबार, २९ भदौ २०८१, १९ : ३१
काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । शनिबार महासंघ केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको हो ।
प्रकाशित कार्यतालिका अनुसार भदौ २९ गते साँझ मतदाता नामावली प्रकाशन, असोज ४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, असोज ४ गते साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुने जनाइएको छ ।
त्यस्तै असोज ४ गते साँझ ५ बजेदेखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४ गते साँझ ५ बजेदेखि असोज ५ गते ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, असोज ५ गते ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान र १२ गते मतदान कार्य समाप्त भएपश्चात् मतगणना हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण