जापानमा गर्मीको उच्च रेकर्ड कायम
टोकियो । जापानका अधिकांश भागहरू कान्टोदेखि क्युसुसम्म शनिबार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको देशको मौसमसम्बन्धी निकायले जनाएको छ ।
जापानको मौसम विज्ञान निकाय (जेएमए) ले देशभरका ९१४ निगरानी स्थानहरूमध्ये ५४२ मा ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड गरेको छ ।
नागासाकी प्रिफेक्चरको मिनामिशिमाबारा सहरमा राष्ट्रव्यापी सबैभन्दा बढी तापक्रम ३७.८ डिग्री सेल्सियस रहेको तथ्याङ्कले देखाएको छ ।
मध्य टोकियोको चियोडामा ३४.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । जेएमएका अनुसार चियोडामा सन् १९४२ सेप्टेम्बर १२ मा ३५ डिग्री तापक्रम रेकर्ड गरेको थियो ।
जेएमएका अनुसार आइतबार मौसम परिवर्तन हुने अपेक्षा गरिएको छ । उत्तरबाट पूर्वी जापानको दक्षिणतर्फ सर्ने मौसमी चक्रले कान्टो–कोशिनजस्ता क्षेत्रमा वर्षा ल्याउनेछ । जापानको राजधानी टोकियोको तापक्रम त्यसपछि पनि ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण