रास्वपाले फायर खोलेपछि उपसभामुखको राजीनामा मागेका हौँ : महेश बर्तौला
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नै उपसभामुख प्रकरण गिजोलेको आरोप लगाएका छन् । आइतबार सभामुखसहित दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उपसभामुख इन्दिरा रानाले कमजोरी गरेको रास्वपाले पनि स्वीकार गरिसकेको बताए ।
उनले सत्ता गठबन्धनको बैठकमा आफूहरूले अमेरिका जानका लागि अन्तरवार्ताको मिति सार्ने उपसभामुखको पत्रबारे छलफल गरेको तर विषयलाई उछाल्ने कुनै तयारी नगरेको पनि स्पष्ट पारे । तर‚ बन्द कोठामा भएको निष्कर्ष नै ननिकालिएको छलफलबारे संसद् बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएपछि आफूहरूले राजीनामा माग्न बाध्य भएको सुनाए ।
‘एकाएक रास्वपाका प्रमुख सचेतकले फायर खोल्ने काम गर्नुभयो । एउटा जिम्मेवारी राजनीतिक दलले उपसभामुखजस्तो पदको हुर्मत लिनेगरी प्रसङ्ग निकाल्नुभयो। सत्तापक्षतर्फ हिलो छ्याप्ने काम गर्नुभयो,’ उनले भने ।
उनले उपसभामुखको कमजोरी भएकोले उनलाई बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेको बताए । तर, सत्तापक्षमा निचोडमा नपुगिसकेको उनको भनाइ छ । सभामुखसहितको बैठकमा बर्तौलाले परियारले नै कुरा राखेपछि आफूहरूले उपसभामुखको राजीनामा मागेको बताएका थिए ।
प्रधानमन्त्री राष्ट्रसङ्घ जाने तयारी र सदनको अधिवेशन अन्त्य गर्नेबारे छलफल भइरहेका बेला बेमौसमी कुरा निकालेर प्रतिपक्षीले गिजोलेको आरोप उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण