छोरीका साथमा अस्पतालबाट घर आइन् दीपिका
नयाँ दिल्ली । बलिउड अभिनेत्री दीपिका पादुकोण अस्पतालबाट डिस्चार्ज भएकी छिन् । अभिनेत्री पादुकोण सेप्टेम्बर ७ मा अस्पतालमा भर्ना भएकी थिइन् । सेप्टेम्बर ८ मा छोरीलाई जन्म दिएपछि अभिनेत्री अस्पतालमै थिइन् ।
सेप्टेम्बर १५ मा उनी अस्पतालबाट डिस्चार्ज भएकी छिन् । अभिनेत्री श्रीमान् रणवीर सिंहको साथमा छोरी लिएर अभिनेत्री घर फर्केकी छिन् । रणवीर र दीपिका अस्पतालको पछाडिको ढोकाबाट बाहिर आएका थिए । उनीहरूको साथमा दीपिकाका पिता प्रकाश पादुकोण पनि थिए ।
सेलिब्रेटी फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो सेयर गरेका छन् । यसमा अस्पतालबाट बाहिरिँदै गरेको चारवटा कार देखिएको छ ।
यतिबेला दीपिका र रणवीर दुवैको परिवार पनि सँगै रहेको बताइएको छ । रणवीर सिंह र दीपिका पादुकोणले सामाजिक सञ्जालमा एक पोस्टमार्फत फ्यानहरूलाई आफू छोरीको आमाबुवा बनेको पनि बताएका थिए ।
दीपिकाकी छोरीलाई भेट्न अस्पताल पुगेका थिए शाहरुख खान
सेप्टेम्बर १२ मा बलिउड स्टार शाहरुख खान दीपिका पादुकोण र उनको सानो परीलाई भेट्न अस्पताल पुगेका थिए । शाहरुख आफ्नो सेतो रोल्स रोयस कारमा राति अबेर अस्पताल प्रवेश गर्दै गरेको देखिएका थिए ।
रणवीर र दीपिकाले अहिलेसम्म आफ्नो छोरीको तस्बिर सार्वजनिक गरेका छैनन् । दम्पतीले मिडिया सामु छोरीलाई सार्वजनिक नगर्ने भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण