५ वर्षसम्म सरकार चलाउने व्यवस्था संविधानमा गर्नुपर्छ : महामन्त्री शर्मा
हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानमा नै ५ वर्षसम्म सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न जरुरी रहेको बताएका छन् । नेपालमा राष्ट्रपति एक पटक र प्रधानमन्त्री २ पटक मात्र बन्न पाउने व्यवस्थाका लागि छलफल चलाइरहेको उनले बताएका हुन् ।
आइतबार कांग्रेसको केन्द्रीय–स्थानीय समन्वय विभागले हेटौंडामा आयोजना गरेको अन्तर संवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको बताए । देशमा सरकार बनाउने र ढलाउने खेल चलिरहेको र सोही अनुसारको भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले पार्टी र सरकारको नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको औँल्याए । उनले पार्टी सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि धेरै योगदान पुर्याइसकेकोले अब त्याग गर्ने बेला आएको बताए ।
‘हाम्रो सभापतिको नेतृत्वमा सबै काम भयो । अब त्याग गर्नुपर्ने अवस्था छ । सभापतिज्यूलाई अनुरोध छ केपी शर्मा ओलीपछि आफ्नो समकालीन कुनै साथीलाई प्रधानमन्त्री बनाउनुहोस् । २०८४ पछि कसलाई बनाउने हामी चिन्तन गरौँला,’ उनले भने ।
स्थानीय तहबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिलाई उनले नागरिकले स–सानो सुधार खोजेको बताए । मुस्कानसहितको सेवा नभई मुस्कुराउँदै जाने, मुस्कान दिने सेवा खोजेको उनको भनाई छ । स्थानीय तहका जनप्रतिनिधिले घोषणापत्रमा लेखिएको अनुसार के कति काम भयो भनेर स्वमुल्यांकन गर्नुपर्ने उनले बताए ।
महामन्त्री शर्माले सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने माग गरे । आरोप लागेपछि स्वयम् उपसभापति गुरुङले समेत संसदमा नै आफूमाथि छानबिनका लागि आग्रह गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण