सात बुँदे घोषणापत्र जारी गर्दै सकियो ‘नेपाल युथ समिट’
काठमाडौँ । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा काठमाडौँमा आयोजित ‘नेपाल युथ समिट’ बृहत् अन्तरक्रिया र छलफलसहित सात बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यही भदौ २८ र २९ गते काठमाडौँमा भएको ‘नेपाल युथ समिट’मा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरूको सहभागिता रहेको थियो ।
समिटमा देशभरका पाँच सयभन्दा बढी युवाले सहभागिता जनाएका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए ।
देश निमार्णको साझा सङ्कल्प गर्ने उद्देश्यले देशका विभिन्न क्षेत्रमा काम गरिरहेका, आफ्नो ऊर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ति खर्चिरहेका युवालाई एउटै मञ्चमा ल्याएर समिट आयोजना गरिएको शाहीले बताए ।
देश निमार्णको साझा सङ्कल्प गर्ने उद्देश्यले देशका विभिन्न क्षेत्रमा काम गरिरहेका, आफ्नो ऊर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ति खर्चिरहेका युवालाई एउटै मञ्चमा ल्याएर समिट आयोजना गरिएको शाहीले बताए ।
उनले भने, ‘खेलकुद क्षेत्रमा लागेकाहरूलाई उद्योगका बारेमा ज्ञान नहुन सक्छ । उद्योगको ज्ञान भएकालाई राजनीतिको ज्ञान नहुनसक्छ, त्यस्तै राजनीतिको ज्ञान भएकाहरूसँग व्यापार व्यवसायका बारेमा ज्ञान नहुन सक्छ । त्यसैले सबै क्षेत्रमा काम गरिरहेका युवाहरू एकै ठाउँमा बसेर एकअर्काको अवधारणाहरू आपसमा बाढेर नयाँ, साझा एउटा संकल्प गर्नको लागि नेपाल युथ समिटको आयोजना गरिएको हो ।’
दुई दिनसम्म चलेको समिटको पहिलो दिन शुक्रबार आयोजित उद्घाटन सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मा, सांसदहरू विनोद चौधरी, सोविता गौतम, मैना कार्की, पूर्वसांसद नविना लामा, रीता शाहीलगायतको सहभागिता थियो ।
समिटमा उद्यमी विदुषी राणा, खेलाडी पलेशा गोवर्धन, व्यवसायी भरत ढकाल, बैङ्कर्स मनोज ज्ञवाली, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, वरिष्ठ पत्रकार दिलभूषण पाठक, नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष चिकित्सक अनिल कार्की, नेपाल शिक्षक महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, अभिनेता सनम कठायत, अभिनेत्री उषा रजक, गायिका राधिका हमाल, कार्यक्रम सञ्चालिका मञ्जु पौडेललगायत विभिन्न क्षेत्रका युवा, विज्ञ, उद्यमीहरू, युवानेता, चलचित्रकर्मी, लेखक, साहित्यकार, सामाजिक अभियन्ता, जनप्रतिनिधिलगायत पाँच सयभन्दा बढीको सहभागिता रहेको थियो । अन्तरक्रिया, बहस र छलफलमार्फत सात बुँदे घोषणापत्र जारी गर्दै समिट सम्पन्न भएको संयोजक शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण