सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछः अधिकारी
सोमबार, ३१ भदौ २०८१, १३ : १६
काठमाडौँ । भूमि सुधार,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउने बताएका छन् ।
सोमवार एशिया किसान संगठनको कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले सरकारले नेपालमा रहेका भूमिहिन किसान, समस्याग्रस्त,अव्यवस्थित सबै किसानहरुलाई व्यवस्थित गर्नेगरी किसानहरुलाई भूमि पनि उपलब्ध गराउने बताए ।
उनले भूमिहिन किसानलाई जग्गा उपलब्ध गराए उनीहरुलाई कृषि व्यवसयमा आवद्ध गराएर जीविकोपार्जन गर्न सक्ने गरी उद्यमशिलतामा जोड्ने योजना सरकारको रहेको बताए ।
अधिकारीले सबै किसानहरुलाई उद्यमशिलतासँग जोड्दै आर्थिक समृद्धितिर बढाउने र जनतालाई सुखी बनाउने लक्ष्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण