लुम्बिनीमा निजामती सेवा ऐन संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस
बुटवल । लुम्बिनी प्रदेशसभामा प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेशसभाको चौथो अधिवेशनको ३४ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिल कुमारी बुढाले प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस गरेकी हुन् ।
आज पाँच बजे बस्ने ३५औँ बैठकमा संशोधन विधेयक पारित गर्ने तयारी छ ।
बैठकमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०८०/०८१ सभामा पेस गरेका छन् । सभाले यो प्रतिवेदनलाई अध्ययनका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको सभामुख तुलाराम घर्ती मगरले सभासमक्ष जानकारी दिए ।
बैठकमा स्वास्थ्यमन्त्री खेमबहादुर सारू र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री सिता शर्मा चौधरीले अघिल्ला बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण