कीर्तिमानी स्तरमा उक्लियो जापानको वृद्ध सङ्ख्या, ६५ वर्षभन्दा माथिको जनसङ्ख्या ३ करोड ६२ लाख
टोकियो । जापानको वृद्ध जनसङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या ३ करोड ६२ लाख ५० हजार जनाको नयाँ उचाइमा पुगेको छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार बताएअनुसार वृद्ध जनसङ्ख्याको अनुपात २९ दशमलव ३ प्रतिशतमा उक्लिएको छ । यो भनेको विश्वमा सबैभन्दा धेरै हो ।
वृद्ध जनसङ्ख्यामा २ करोड ५ लाख ३० हजार महिला छन् भने पुरुषको सङ्ख्या १ करोड ५७ लाख २० हजार रहेको छ । गएको वर्ष ९१ लाख ४० हजार वृद्ध जनसङ्ख्या रोजगारीमा आबद्ध रहेको डेटाले देखाएको छ । यो भनेको हरेक सातमा एक जना हो । जापानको जनसङ्ख्या बनावट फेरिँदै गएको छ । अक्टोबर १ सम्मको एक वर्षमा त्यहाँको जनसङ्ख्या ५ लाख ९५ हजारले घटेको थियो । योसँग लगातार १३ औँ महिना पनि जनसङ्ख्या घटेको हो ।
सन् २०४० सम्ममा जापानको जनसङ्ख्यामा वृद्ध जनसङ्ख्याको अनुपात ३४ दशमलव ८ प्रतिशतमा पुग्ने अनुमान टोकियोस्थित नेशनल इन्स्टिच्युट अफ पपुलेशन एन्ड सोसल सेक्युरिटी रिसर्चको अनुमान छ ।
जनसङ्ख्या घट्दै गएकोले सन् २०४० सम्ममा जापानमा १ करोड १० लाख भन्दा धेरै कर्मचारी अभाव हुने गएको वर्ष टोकियोस्थित एक बौद्धिक समूहले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
-
अबदेखि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उपत्यका बाहिर
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण