कीर्तिमानी स्तरमा उक्लियो जापानको वृद्ध सङ्ख्या, ६५ वर्षभन्दा माथिको जनसङ्ख्या ३ करोड ६२ लाख

टोकियो । जापानको वृद्ध जनसङ्ख्या कीर्तिमानी स्तरमा उक्लिएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्या ३ करोड ६२ लाख ५० हजार जनाको नयाँ उचाइमा पुगेको छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार बताएअनुसार वृद्ध जनसङ्ख्याको अनुपात २९ दशमलव ३ प्रतिशतमा उक्लिएको छ । यो भनेको विश्वमा सबैभन्दा धेरै हो ।
वृद्ध जनसङ्ख्यामा २ करोड ५ लाख ३० हजार महिला छन् भने पुरुषको सङ्ख्या १ करोड ५७ लाख २० हजार रहेको छ । गएको वर्ष ९१ लाख ४० हजार वृद्ध जनसङ्ख्या रोजगारीमा आबद्ध रहेको डेटाले देखाएको छ । यो भनेको हरेक सातमा एक जना हो । जापानको जनसङ्ख्या बनावट फेरिँदै गएको छ । अक्टोबर १ सम्मको एक वर्षमा त्यहाँको जनसङ्ख्या ५ लाख ९५ हजारले घटेको थियो । योसँग लगातार १३ औँ महिना पनि जनसङ्ख्या घटेको हो ।
सन् २०४० सम्ममा जापानको जनसङ्ख्यामा वृद्ध जनसङ्ख्याको अनुपात ३४ दशमलव ८ प्रतिशतमा पुग्ने अनुमान टोकियोस्थित नेशनल इन्स्टिच्युट अफ पपुलेशन एन्ड सोसल सेक्युरिटी रिसर्चको अनुमान छ ।
जनसङ्ख्या घट्दै गएकोले सन् २०४० सम्ममा जापानमा १ करोड १० लाख भन्दा धेरै कर्मचारी अभाव हुने गएको वर्ष टोकियोस्थित एक बौद्धिक समूहले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए