कांग्रेस महामन्त्रीको प्रश्न : ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनबारे भ्रम नछर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन् । ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको निर्णय पढ्न उनले आग्रह गरेका हुन् ।
रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेले समितिबाट ‘क्लिन चिट पाएको’ दाबी गरिरहेका छन् । शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ क्लिन चिट कि `क्लियर चिट´ ? स्पष्ट हुनोस् ! `प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने´, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ l बरु `क्लियर चिट´ किटान गरेको छ प्रतिवेदनले l चिट ( cheat ) को अर्थ- बेइमानी, अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ! ’
त्यस्तै, उनले पार्टीलाई आफ्नो नाम परिवर्तन गर्न पनि सुझाव दिएका छन् । स्वतन्त्र मन बनाएका नागरिकको भावनात्मक आवेश क्यास गर्न ‘स्वतन्त्र’ नाम रोजे पनि अब त्यसलाई छाडेर दलको नाम राख्न उनको सुझाव छ ।
‘कतिपय असन्तुष्टिको माहौलमा `स्वतन्त्र´ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग `क्यास´ गर्न `स्वतन्त्र´ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो l अब `स्वतन्त्र´ छोडेर दलको नाम जुराउने साहस राख्नोस् ! शुभकामना !,’ उनले लेखेका छन् ।
रास्वपाको प्रथम राष्ट्रिय सम्मेलनको सफलताको शुभकामनासमेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण