एभरेष्ट महिला भलिबल लिग : ट्यालेन्ट हन्टमार्फत खेलाडी छान्दै चितवन शक्ति
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘एभरेष्ट महिला भलिबल लिग’ का लागि चितवन शक्तिले असोज ७ गते ट्यालेन्ट हन्टमार्फत खेलाडी छनोट गर्ने भएको छ । चितवन शक्तिका अनुसार, ट्यालेन्ट हन्ट कार्यक्रम चितवनमा आयोजना गरिने छ ।
चितवन शक्तिले भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित पटहिनी कर्भड हलमा बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्नेछ ।
छनोट कार्यक्रममा चितवन शक्तिका प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र चितवन शक्तिकी मार्की प्लेअर तथा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।
चितवन शक्तिका अनुसार, ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी हुन चाहने स्थानीय खेलाडी चितवनको स्थायी बासिन्दा हुनु पर्नेछ । यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएको खेलाडीले मात्र ट्यालेन्ट हन्ट कार्यक्रममा भाग लिन पाउने क्लबले जनाएको छ ।
ट्यालेन्ट हन्ट कार्यक्रमबाट छनोट भएका खेलाडीले असोज १४ देखि १९ गतेसम्म चितवन शक्तिको टोलीमा रहेर पहिलो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिबल लिग खेल्ने अवसर प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको सत्याग्रहबारे मन्त्रीलाई बोलाउन संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण