दिलजित दोसाँझलाई महिला फ्यानले पठाइन् कानुनी नोटिस
नयाँ दिल्ली । पन्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझ हिजोआज दिल लुमिनाटी कन्सर्टका कारण चर्चामा छन् । दिल्लीमा हुन लागेको यो शोको टिकटको मूल्य निकै महँगो छ ।
जसका कारण उनका फ्यानमा केही निराशा छाएको छ । यसैबिच कन्सर्टलाई लिएर अर्को खबर आएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार दिलजितमाथि ‘दिल–लुमिनाटी’ कन्सर्टको टिकट मूल्यमा हेरफेर गरेको भन्दै कानुनी नोटिस आएको छ ।
रिपोर्टमाथि विश्वास गर्ने हो भने टिकट किन्न नसकेपछि दिल्लीका एक कानुनकी छात्राले गायकलाई कानुनी नोटिस पठाएका हुन् । आयोजकहरूले टिकटको उपलब्धतामा धाँधली गरेको उनको आरोप छ । मूल्यमा पनि धाँधली गरेर टिकटको भाउ बढाइएको भनिएको छ । १२ सेप्टेम्बरमा कन्सर्टको टिकट केही बेर मात्रै विक्री खुलाएर तुरुन्तै बन्द गरिदिएको ती छात्राको आरोप छ ।
अर्ली बर्ड पासका लागि आफूले एचडीएफसी क्रेडिट कार्ड किने पनि टिकट पाउन नसकेको उनको भनाइ थियो । यो नोटिस दिलजित बाहेक अन्य पक्षलाई पनि पठाइएको छ । दिलजीत दोसाँझ यतिबेला युरोपमा छन् । उनी अक्टोबरमा भारत फर्किने समाचारमा उल्लेख छ।
भारतका १० सहरमा उनको कन्सर्ट छ । हालै उनको ‘चल कुँडिए’ गीत रिलिज भएको छ । यो निर्देशक करण जोहरले बनाएको फिल्म ‘जिगरा’को गीत हो । यस फिल्ममा आलिया भट्ट र वेदाङ्ग रैना मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
-
संविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण