सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
संविधान  दिवस

यसरी मनाइयो लुम्बिनी प्रदेशमा संविधान  दिवस (तस्बिरहरू)

बिहीबार, ०३ असोज २०८१, १० : १५
बिहीबार, ०३ असोज २०८१

बुटवल । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रभात फेरी निकालिएको छ । प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, मन्त्री, दल नेता, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न समुदायको झाँक्री सहभागी थिए । अहिले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यमा मूल समारोह मनाइँदै छ । लुम्बिनी प्रदेश सरकारले तिन सम्म संविधान दिवस दिनको लागि आवाहन गरेको थियो  । 

यसैबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक प्रेस विज्ञप्ति जारी गर्दे  संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताएका छन् ।  सङ्घीयताको मर्म अनुरूप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ र जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश प्रतिबद्ध रहेको बताएका छन् । 

उनले सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रूपमा संविधानले अन्त्य गरेको, बहुलबाट, बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषतालाई आत्मसात् गरेको बताएका छन् ।

संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख  गरेका छन् । 

lumbini sambidhan diwas (2)lumbini sambidhan diwas (3)lumbini sambidhan diwas (4)lumbini sambidhan diwas (5)lumbini sambidhan diwas (6)lumbini sambidhan diwas (7)lumbini sambidhan diwas (8)lumbini sambidhan diwas (9)lumbini sambidhan diwas (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप