साबिक उपविजेता बोरुसिया डर्टमन्डको सानदार सुरुवात
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा जर्मन क्लब बोरुसिया डर्टमन्डले सानदार सुरुआत गरेको छ । बोरुसिया डर्टमन्डले लिग चरणको आफ्नो पहिलो खेलमा बेल्जियन प्रतिद्वन्द्वी क्लब ब्रुगलाई ३–० गोलले हराएको हो ।
उक्त खेल बुधबार राति क्लब ब्रुगको घरेलु मैदानमा खेलिएको थियो । बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको साबिक उपविजेता पनि हो । अघिल्लो सिजनको च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई २–० गोलले हराएको थियो ।
क्लब ब्रुगविरुद्धको खेलमा बोरुसिया डर्टमन्डले तीनवटै गोल दोस्रो हाफमा गरेको थियो । बोरुसिया डर्टमन्डलाई सजिलो जित दिलाउन जेमी गिटेन्सले दुई गोलको योगदान गरेका थिए । उनले १० मिनेटको बिचमा दुवै गोल गरेका हुन् ।
निर्धारित समयको ७६औँ मिनेटमा गिटेन्सले टोलीलाई अग्रता दिलाएका थिए । ८६औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाएका थिए । बोरुसिया डर्टमन्टका लागि तेस्रो गोल दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा सेर्हु गुइरासीले गरेका थिए ।
बोरुसिया डर्टमन्ड पहिलो खेलबाटै तीन अङ्क बटुल्दै तालिकाको तेस्रो स्थानमा आसिन छन् । पहिलो खेलमै पराजित भएको क्लब ब्रुग ३२औँ स्थानमा छ । जारी सिजनको लिग चरणमा ३६ टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण