‘खुस्मा’को सुरुवाती व्यवसाय कस्तो ?
काठमाडौँ । संविधान दिवसको बिदा पारेर बिहीबारबाटै प्रदर्शनमा आएको फिल्म ‘खुस्मा’ले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । बिहीबार फिल्मले काठमाडौँसहित मोफसलका धेरैजसो हलमा करिब ५० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भयो ।
विशेष गरेर काठमाडौँ अन्तर्गत क्यूएफएक्सको लबिम, सिभिल, बिग मुभिज, एफक्युब जस्ता हलहरूमा बिहीबार दर्शकको चाप देखिएको थियो । साँझ ६ बजेपछिका शोजमा पनि दर्शकको उपस्थिति राम्रो थियो । पोखरा, बुटवल, नेपालगन्ज, धरान, विर्तामोड जस्ता सहरहरूमा पनि फिल्म हेर्ने दर्शकको चाप दिउँसोदेखि साँझसम्म राम्रो रहेको फिल्मका वितरक गोविन्द शाहीले बताए ।
फिल्मको ‘रुकुम मैकोट’ गीतको चर्चा र सिंगल रिलिजका कारण पनि दर्शक देखिएको हो’, वितरणक शाहीले भने ‘पहिलो दिनमा नै देशभर फिल्मको राम्रो व्यवसाय छ । यो भनेको फिल्मका लागि एकदमै शुभ सङ्केत हो ।’ फिल्मले राम्रो व्यवसाय गर्ने सङ्केत देखाएको शाहीको भनाई छ ।
बिहीबार दिउँसोदेखि फिल्मका अभिनेता धीरज मगर, अभिनेत्री उपासना सिंह ठकुरी, निर्देशक अशोक थापा मगरसहितको टिमले काठमाडौँका केही हलमा पुगेर दर्शकसँग भेट गरेका थिए । शो क्रममा कलाकारसँग तस्बिर खिच्न दर्शक तछाडमछाड गरेका थिए ।
‘काठमाडौँसहित सबैतिर पहिलो दिन नै यसरी फिल्म हाउसफुल हुँदा खुसी लागेको छ । प्रतिक्रिया पनि एकदमै राम्रो मिलेको छ । यसका लागि म दर्शकहरूलाई धन्यवाद भन्न चाहन्छु,’ धीरजले भने ।
मगर समुदायको परिवेशमा निर्माण भएको फिल्मले सशस्त्र द्वन्द्वको प्रभावबीच अंकुराएको एक जोडीको प्रेमकथालाई देखाएको छ । यसमा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा काउचा, सुजता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापामगर, सारा राई, विवेश मगर, श्वेता मिश्र, दुईसाङ थिङ लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण