अन्तर वडा फुटसल : पेनाल्टी सुटआउटमा वडा नम्बर ८ विजयी
काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा वडा नम्बर ८ ले वडा नम्बर १३ लाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराएको छ । लैनचौर फुटसल मैदानमा भएको उक्त खेलको निर्धारित समय गोलरहित बराबरमिा सकिएको थियो ।
त्यसपछि पेनाल्टी सुटआउटबाट जित–हारको छिनोफानो गरिएको हो । उक्त खेलमा विजयी टोलीका गोलरक्षक मिसन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उक्त नतिजासँगै साविक उपविजेता वडा नम्बर १३ को यात्रा पहिलो चरणमैसकिएको छ ।
अन्य खेलमा वडा नम्बर ३१, वडा नम्बर २२ र वडा नम्बर २१ विजयी भए । दीपक तामाङले गरेको गोल निर्णयक बनेपछि वडा नम्बर ३१ ले वडा नम्बर १ लाई १–० ले हरायो । उक्त खेलमा गोलकर्ता दिपक नै उत्कृष्ट खेलाडी घोषित भए ।
यसैगरी, वडा नम्बर २२ ले वडा नम्बर १९ लाई पेनाल्टी सुटआउटमा २–० गोलले हरायो । निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेका थिएनन् । उक्त खेलमा वडा नम्बर २२ का अजय महर्जन म्यान अफ दि म्याच घोषित भए ।
अर्को खेलमा वडा नम्बर २१ ले वडा नम्बर २८ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्यो । वडा नम्बर २१ का लागि अनिकेत देउलाले दुई तथा सनिम देउला र रुपेश शाक्यले एक÷एक गोल गरेका थिए । उक्त खेलमा अनिकेत प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत शनिबार प्रि–क्वार्टरफाइनल खेल हुनेछन् । प्रि–क्वार्टरफाइनलमा काठमाडौँ महानगरपालिका र वडा नम्बर ९, वडा नम्बर ६ र वडा नम्बर ३, वडा नम्बर १६ र वडा नम्बर २० तथा वडा नम्बर १४ र वडा नम्बर १० बिच खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण