एक लाख ८० हजार क्याप्सुल ट्रामाडोलसहित ६ जना पक्राउ
शुक्रबार, ०४ असोज २०८१, २० : ०८
काठमाडौँ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित ६ जनालाई पक्राउ गरेको छ । भदौ १८ मा गोकर्णेश्वर नगरपालिका–५ स्थित बागमती करिडोरबाट उदयपुर घर भएका ३० वर्षीया श्री बहादुर राईलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा थप आरोपीहरूको कनेक्सन देखिएको ब्यूरोका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।
६ जनाको साथबाट प्रहरीले १ लाख ८० हजार ४३० थान ट्रामाडोल बरामद गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाट घर भएका ३० वर्षीय श्री बहादुर राई, सर्लाही घर भएका २२ वर्षीय विपिन कुमार महतो, पर्वतका २७ वर्षीय बालकृष्ण अधिकारी, झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर–१ घर भएकी सम्झना रोक्का, बाराको परवानीपुर गाउँपालिका घर भएका ३४ वर्षीय प्रदीप सर्राफ र काठमाडौँको डल्लु घर भएका ५१ वर्षीय मन मोहन श्रेष्ठ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना आयोगको शक्ति अर्थ मन्त्रालयमा केन्द्रित हुँदा विकास सुस्त : डा. पुष्पराज कँडेल
-
बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने
-
कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए
-
युक्रेनका लागि ५० हजार आक्रमणकारी ड्रोन किन्दै जर्मनी
-
‘परराष्ट्र नीति, सम्बन्ध र सोचाइहरू पश्चिमा मुलुकबाट प्रभावित भएजस्तो छ’
-
२०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण