सबै मिलेर राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई बलियो बनाउन लाग्नु पर्ने बताएकी छन्।
मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा शुक्रबार विराटनगरमा आयोजित ‘जबज मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले राष्ट्रियता र स्वाधीनतालाई बलियो बनाउने गरी फाउण्डेशनलगायत सबै लाग्नुपर्नेमा जोड दिइन् । पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) एवं जनताको विश्वास र अधिकारका कारण गणतन्त्रमा स्थानीय निकायदेखि राष्ट्रपतिसम्मको पद प्राप्त गर्न सकिएको धारणा राखिन् ।
'विगतमा पार्टीले अगाडि सारेका सिद्धान्त, सङ्घर्ष र जनताको साथले नै देशमा पछिल्ला उपलब्धि हासिल भएका छन् । यसले समानुपातिक समावेशी प्रतिनिधित्वदेखि जनताको विकासको चाहनालाई कार्यान्वयन गर्न सोहीअनुसारका संवैधानिक एवं कानुनी व्यवस्था गरेको छ । त्यसैले अब हामी सबै मिलेर परिवर्तनको संस्थागत विकासका लागि अगाडि बढ्नुपर्छ,' उनको भनाइ थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मदन भण्डारीको सफल नेतृत्वका कारण मुलुकमा प्रजातान्त्रिक र वामपन्थी शक्तिबीच एकता भएको र त्यसैकारण विसं २०४६ को आन्दोलन सफल भएको बताए । उनले मुलुकमा विकास, समृद्धि एवं जनतालाई रोजगारी प्रदान गर्न फाउण्डनेशनलाई आवश्यक सुझाव र सहयोगका लागि आग्रह गरे ।
कार्यक्रममा एमालेका कोशी प्रदेशका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईले सबै जातजातिका भाषा, संस्कृति एवं भेषभूषाको संरक्षण गरी नेपाली पहिचान कायम गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण