घरमा सुरुङ बनाइ चोरी गर्ने 'ग्याङ'का एकजना पक्राउ
वीरगन्ज । दुई महिना अगाडि घरमा सुरुङ बनाएर चोरी गरेको आरोपमा रौतहटबाट एकजना पक्राउ परेका छन् । गत असार २४ गते राती जिल्लको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वा टोलका ३ जनाको घरमा सुरुङ बनाएर चोरी गर्ने ग्याङ्ग्का एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ति श्रीपुर बस्ने ३० वर्षीय जिआउल हक रहेका छन् । उनी नेतृत्वको समूहले गाउँपालिका–५ बडहर्वा टोल निवासी चन्देश्वर दास तत्मा, लक्ष्मी दास र राम नारायण साहको घरमा चोरी गरेका थिए ।
चोरहरूको समूहले सुरुङ बनाई घरमा रहेका गरगहना, लत्ताकपडा, नगद तथा मोबाइल लगायतका सामानहरू चोरी गरेको प्रहरी नायब उपरीक्षक डिएसपी एलिजा गिरीले बताइन् ।
घटनापश्चात् प्रहरीले गरेको सूक्ष्म अनुसन्धानका क्रममा चोरीमा हकको संलग्नता भएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरी दाबी छ । उनलाई बडहर्वा पुल नजिक घुम्दै गरेको अवस्थाबाट पक्राउ गरेको डिएसपी गिरीको भनाइ छ ।
पक्राउ परेका हकमाथि चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनामा संलग्न अन्यको भने खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना आयोगको शक्ति अर्थ मन्त्रालयमा केन्द्रित हुँदा विकास सुस्त : डा. पुष्पराज कँडेल
-
बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने
-
कर्रा खोलाले ट्रक बगायो, चालकले पौडेर ज्यान जोगाए
-
युक्रेनका लागि ५० हजार आक्रमणकारी ड्रोन किन्दै जर्मनी
-
‘परराष्ट्र नीति, सम्बन्ध र सोचाइहरू पश्चिमा मुलुकबाट प्रभावित भएजस्तो छ’
-
२०५० सम्म विश्वमा क्यान्सरका नयाँ बिरामी ७० प्रतिशतले बढ्ने डब्लुएचओको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण