धनराज निर्दोष भए माला लगाउनुहुन्छ, दोषी भए जेल जानुहुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टीका उपसभापति धनराज गुरुङ दोषी पाइए कारबाही गर्ने बताएका छन् । कांग्रेसको झापा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै शर्माले गुरुङमाथि छानबिन सुरु भइसकेको दाबी गरे ।
उनले भने–‘हाम्रो उपसभापतिमाथि छानबिन हुनुपर्छ, छानबिन प्रक्रिया अघि बढेको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस कहीँ लागेन । कहीँ दबाब दिएन । आज सीआईबीले छानबिन प्रक्रिया सुरु गरेको छ । धनराज गुरुङ छानबिन गर्दै गर्दा निर्दोष देखिनुहुन्छ, माला लगाउनुहुन्छ, कांग्रेसको नेतृत्व गरेर अगाडि जानुहुन्छ, दोषी देख्नुहुन्छ, जेल जानुहुन्छ ।’ उनले पुरानो दलले यति भन्न सक्ने तर नयाँ दलले भन्न नसक्ने उल्लेख गरे ।
उनले कांग्रेसले लिएको अडानका कारण अहिले ८७ अरब रुपैयाँको हिसाबकिताब अपचलन भएको तथ्य बाहिर आएको बताए । २० लाख ठगिने मानिसलाई बचाइएको बताउँदै १७ हजार मान्छे मारिएपछि अर्को १७ हजार मारिन कांग्रेसले नै झन्डा उठाएको र आज २० लाख मानिसलाई मर्नबाट जोगाउन पनि कांग्रेसले भूमिका खेलेको उल्लेख दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण