भुक्तानी नपाएपछि लुम्बिनीमा निर्माण व्यवसायीको धर्ना
बुटवल । लुम्बिनी विकास कोषले आफूहरूले काम गरेअनुसार रकम भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरूले लुम्बिनीस्थित कोष अगाडि धर्ना दिएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले विभिन्न योजना अन्तर्गत सुन्दर करणका काम भइरहेका छन् । तर, १० महिनासम्म पनि आफूहरूले भुक्तानी नपाएको निर्माण व्यवसायीहरू धर्ना दिएको बताएका छन् ।
कोष कार्यालय गेटमा कालो ब्यानरसहित धर्ना दिएका निर्माण व्यवसायीहरूले सोमबार कार्यालय गेटमा तालाबन्दी गर्ने कार्यक्रम रहेको बताए । दुई वर्षे ठेक्का लिएर काम गरिरहेका उनीहरूले १० महिनादेखि भुक्तानी नपाउँदा बाध्य भएर आन्दोलन गर्नुपरेको बताएका छन्।
निर्माण व्यवसायीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई पनि रकम भुक्तानी गर्न पहल गरिदिन भन्दै ध्यानाकर्षण गराएका थिए । निर्माण व्यवसायीहरू खानी अर्घाखाँची बाबुल जेभी, रमन गजुरमुखी राम जानकी जेभी, लामा अपेक्स कमलजित जेभी र लुम्बिनी अनक खड्का कृष्ण जेभी लगायतको पहल धर्ना दिइएको हो । कोषको गेट अगाडि दिइएको धर्नामा निर्माण क्षेत्रमा संलग्न कर्मचारी, प्राविधिक र उनीहरूलाई सामान सप्लाई गर्ने सप्लायर्स सहभागी थिए ।
अर्घाखाँची बाबुल जेभीका साझेदार तौफिक अहमद खाँले पटक–पटक भुक्तानीका लागि आग्रह गर्दा सुनुवाइ नभएपछि बाध्य भएर धर्नामा बस्नु परेको बताए ।
लुम्बिनीमा बाटो, फुटपाथ, विद्युतीय, बगैँचा, नाली, कल्भर्ट र सौन्दर्य करणको काम भइरहेको थियो । गत सोमबार कोषका सदस्य सचिव सानु राजा शाक्यसँग निर्माण व्यवसायीको वार्ता भए पनि सफल नभएको उनीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण