तस्करीमा संलग्न ६ जना पक्राउ

रौतहट । रौतहट प्रहरीले भन्सार छली तथा तस्करीमा संलग्न ६ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरूबाट परिचालित गस्ती टोलीले पटक-पटक सम्झाई बुझाई गर्दा पनि नमानी तस्करी गर्ने गराउने गरेको अवस्थामा ६ जना मानिसहरूलाई सामानसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गौर नगरपालिका-१ का वर्ष ३४ का राजेश कुमार पासवान , वर्ष २८ का रवीन्द्र कुमार यादव , वडा-२ का वर्ष १८ का गणेश भारती, वडा-४ का वर्ष २२ का रवीन्द्र साह, वडा ५ का वर्ष २७ का मुकेश कुमार महतो, ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया टोल बस्ने लम्बु भन्ने शेख सफरुल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्।
पक्राउ गर्दा प्रहरीसँग अभद्र व्यवहार गरेको हुँदा पक्राउ परेका सबै ६ जना माथि अभद्र व्यवहार मुद्दामा कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
-
चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
एसी मिलानलाई हराउँदै बोलाग्नाले उचाल्यो कोपा इटालियाको उपाधि