१३ फुट लामो अजिङ्गर महिलाको शरीरमा बेरिएपछि...
बैंकक । थाइल्यान्डमा एक जना ६४ वर्षकी महिलालाई अजिङ्गरले आक्रमण गरेको छ । समुत प्रकनस्थित आफ्नो घरबाहिर भाडा माझिरहेको अवस्थामा अर्रोम अरुनरोज नाम गरेकी महिलालाई अजिङ्गरले आक्रमण गरेको थियो ।
दुई घण्टासम्म अजिङ्गरसँगको घम्साघम्सीपछि बल्ल महिला अजिङ्गरको पासोबाट फुत्किइन् । घटनाको समयमा अर्रोम बैंककमा रहेको एउटा बाल अस्पतालमा जागिर सकेर घर फर्किएकी थिइन् ।
घटनाको समयमा उनी घर पछाडि भाडा माझिरहेकी थिइन् । दाहिने जाँघमा केहीले घोचेको जस्तो भयो । सुरुमा त उनले झाडीतिरबाट आएर कुनै किराले टोक्यो होला भन्ने लाग्यो ।
यसो आँखा भुँइतिर हेर्दा एउटा विशाल सर्प उनको खुट्टामाथि चढिरहेको थियो । महिला आत्तिइन्, अनि सर्पको टाउको समातेर शरीरबाट छुट्याउने कोशिश गरिन् । तर महिलाको केही लागेन । अजिङ्गर महिलाको कम्मरको हिस्सामा बेरिएर आफ्नो पकड बलियो बनाउँदै थियो ।
महिलालाई सास फेर्न समेत मुस्किल भइरहेको थियो । मद्दतको लागि ठुलो स्वरले चिच्याउन समेत सकिरहेकी थिइन् । उनको भाग्य बलियो थियो । मधुरो आवाज सुनेर एक जना छिमेकी आए र प्रहरीलाई बोलाए ।
अजिङ्गरको पकडबाट महिलालाई फुत्काउन उद्धारकर्मीहरूलाई झन्डै ३० मिनेट लाग्यो । त्यसपछि उनलाई नजिकैको अस्पताल लगियो । महिला स्वास्थ्य लाभ गरिरहेकी छिन् ।
थाइल्यान्डमा २५० प्रजातिका सर्प पाइन्छन् । यसमा तीन प्रजातिका अजिङ्गर पनि पर्छन् । यस्ता अजिङ्गर विषालु हुन्नन् । तर आफ्नो शिकारलाई बेरेर सास फेर्नै नसक्ने बनाएर राख्छन् र सिङ्गै निल्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण