पूर्वउपराष्ट्रपति पुन र उपसभामुख मगरले हेरे ‘खुस्मा’
काठमाडौँ । फिल्म ‘खुस्मा’ को गीत ‘रुकुम मैकोट’ म्युजिक भिडियोतर्फ युट्युबको ग्लोवल ट्रेन्डिङमा पुगेर चर्चा बटुलिरहेको छ । यस्तैमा फिल्मले पनि सार्वजनिक प्रदर्शनबाट दर्शकमा राम्रो छाप छा्ड्न सफल भएको छ । फिल्म हेर्ने सर्वसाधारणदेखि नेता तथा ब्यवसायी हल पुग्न थालेका छन् ।
यस्तैमा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन र उपसभामुख इन्दिरा राना मगरले हलमै गएर ‘खुस्मा’ हेरेका छन् । पुन र मगर आइतबार बानेश्वरको वान सिनेमाजमा पुगेर फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनीहरुले सशस्त्र द्धन्द र त्यसले एउटा सामान्य परिवारलाई पारेको प्रभाव राम्रो देखाएको बताए । उनीहरुले फिल्म हेर्दा मनै भारी भएर आएको प्रतिक्रिया दिए ।
धीरज मगर र उपासना सिंह अभिनित ‘खुस्मा’ ले यतिबेला हलमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले पहिलो सप्ताहन्त दुई करोड रुपैयाँभन्दा बढी कमाइ गरेको वितरक गोबिन्द शाहीले बताए । काठमाडौं उपत्यकासहित पोखरा, नारायणगढ, बुटवलका साथै पूर्वी नेपालका सहरमा समेत फिल्मको कलेक्सन राम्रो भएको बताइन्छ । फिल्मको निर्देशन अशोक थापाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण