जिल्ला प्रशासन कार्यालय रौतहटबाट पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रदान
मङ्गलबार, ०८ असोज २०८१, १० : ०२
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले पहिलो पटक एकजना गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमवार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई सीडीयो हिरालाल रेग्मीले गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन्।
फकरुदिन अलिअहमद शेखले रौतहटको गढीमाई नगरपालिका ३ साबिक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरी गैर आवासीय नागरिकता प्रमाणपत्र लिएका छन् ।
नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैर आवासीय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको सीडीयो रेग्मीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण