च्याउ र टुथपिकको भन्सार दर बढाउन अर्थमन्त्रीसँग माग
काठमाडौँ । घरेलु तथा साना उद्योगबाट नेपालमै उत्पादन हुनसक्ने च्याउ तथा टुथपिकको भन्सार दर बढाउनुपर्ने माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव दर्ता भएको छ । काठमाडौँको टोखास्थित एनसी एग्रोटेक इन्डष्ट्रिजले मंगलबार मन्त्रालयमा उक्त प्रस्ताव दर्ता गराएको हो ।
अर्थमन्त्री विष्णु पौडेललाई सम्बोधन गर्दै पेस गरिएको उक्त पत्रमा आयातित त्यस्ता वस्तुको न्यून भन्सारका कारण स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको उल्लेख गरिएको छ ।
अहिले उक्त कम्पनीले दैनिक ४ हजार किलोग्राम च्याउ, एक हजार किलो टुथापिक, ससेज सिक्का, धूपको सिन्का, मुडाको सिन्का र ३ हजार किलोग्राम कोइला उत्पादन गर्दै आएको तथा यसबाट २०० जना भन्दा धेरैले रोजगारी पाइरहेको कम्पनीको भनाइ छ ।
यी वस्तुहरुमा देशलाई आत्मनिर्भर बनाउने र थप रोजगारीका अवसर सिर्जना गर्ने आफूहरुको लक्ष्य रहेको तथा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने सरकारको समेत लक्ष्य भएको भन्दै यसका लागि आयातित वस्तुसँग प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारले सहयोग गर्नुपर्ने कम्पनीको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण