जनमत पार्टीले सोध्यो आठ जनालाई स्पष्टीकरण
काठमाडौँ । जनमत पार्टीले आठ जनालाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको हो ।
आठ जनामा चार जना केन्द्रीय सदस्य, तीन जना साधारण सदस्य र एक जना पालिका सचिव रहेका छन् । महोत्तरी जलेश्वरको कार्यक्रममा होहल्ला गरी पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख दीपक साहले बताए ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘असोज ५ गते जिल्ला समन्वय समिति, जलेश्वर, महोत्तरीको हलमा भएको जनमत पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा तपसिलको व्यक्तिहरूले होहल्ला गरी कार्यक्रम बिथोल्न गरेको, गुटबन्दी तथा भाँडभैलो गरेको र साथै पार्टीको अहित हुने कार्यमा संलग्न भएको देखिएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क)को उपधारा १,२,३,४,५,६,१०,११ आकर्षित हुने हुँदा तपाईंहरुलाई साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुहुन अनुरोध छ ।’
तोकिएको समयमा चित्त बुझ्दो जवाफ नआएमा थप कारबाहीको प्रक्रिया अगाडि बढाउने उपाध्यक्ष साहले बताए ।
जनमतले केन्द्रीय सदस्यहरू दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुरलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, जलेश्वर नगरपालिका समितिका सचिव संजित यादव र साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि स्पष्टीकरण सोधिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण