मोरङ प्रहरीले समात्यो झण्डै डेढ करोडौंको अवैध सामान
मङ्गलबार, ०८ असोज २०८१, २१ : १५
विराटनगर । मोरङ प्रहरीले १ करोड ३५ लाख मूल्य बराबरको अवैध सामान विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर १४ स्थित नेपाल टेलिकमको कार्यालयबाट मालबहाक ट्रकमा रहेको उक्त सामान नियन्त्रणमा लिइएको हो ।
भारतबाट नेपाल आउँदै गरेको प्र.१–०२–००२ ख ०४१६ र ना४ख ८८४७ नं. नम्बरको ट्रकमा सामानको बिल बिजकभन्दा बढी भएको साथै कम मूल्याङ्कन गरी हाउसहोल्ड गुड्स, किचेन तथा कृषि यन्त्रका पार्टपूर्जा लगायतको रहेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त सामानको मूल्य अन्दाजी १ करोड ३५ लाख बराबरको रहेको जनाइएको छ ।
नियन्त्रणमा लिएको ट्रक र सामानको विषयमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण