समाजवादी अभियान रेलको सवारी जस्तै : नेता नेपाल
मङ्गलबार, ०८ असोज २०८१, २१ : २३

रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी अभियान रेलको सवारी जस्तै भएको बताएका छन् । एकीकृत समाजवादी रौतहटले मंगलबार गौरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले भने,‘रेलको सवारीमा कोही चढ्छन्, कोही ओर्लिन्छन्, कोही पुनः चढ्छन् तर रेल आफ्नो गन्तव्यमा अगाडि बढिरहेको हुन्छ ।’
यस्तै अध्यक्ष नेपालले २०८४ को चुनावका लागि तयारीमा जुट्न पार्टी कार्यकर्ताहरूलाई आह्वान गरे । आगामी चुनावमा अरू पार्टीसँग तालमेल हुने सम्भावना न्यून रहेको भन्दै उनले एक्लै लडे पनि जित्ने गरी तयारी गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल