समाजवादी अभियान रेलको सवारी जस्तै : नेता नेपाल
मङ्गलबार, ०८ असोज २०८१, २१ : २३
रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी अभियान रेलको सवारी जस्तै भएको बताएका छन् । एकीकृत समाजवादी रौतहटले मंगलबार गौरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले भने,‘रेलको सवारीमा कोही चढ्छन्, कोही ओर्लिन्छन्, कोही पुनः चढ्छन् तर रेल आफ्नो गन्तव्यमा अगाडि बढिरहेको हुन्छ ।’
यस्तै अध्यक्ष नेपालले २०८४ को चुनावका लागि तयारीमा जुट्न पार्टी कार्यकर्ताहरूलाई आह्वान गरे । आगामी चुनावमा अरू पार्टीसँग तालमेल हुने सम्भावना न्यून रहेको भन्दै उनले एक्लै लडे पनि जित्ने गरी तयारी गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण