शीर्ष स्थानमा उक्लियो यल टेबलटेनिस एकेडेमी
बुधबार, ०९ असोज २०८१, १९ : १८
काठमाडौँ । नव प्रवेशी टोली यल टेबलटेनिस एकेडेमी राजधानीमा जारी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ को तेस्रो दिन बुधबारको राउन्ड रोविन लिग सम्पन्न हुँदासम्म शीर्ष स्थानमा उक्लिएको छ । यलले सर्वाधिक ४६ अंक जोडेको छ । यल अघिल्लो दिन मंगलबार २७ अंकसाथ तेस्रो स्थानमा थियो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी ४४ अंकसाथ दोस्रो र नेपाल पुलिस क्लब ४० अंकसाथ तेस्रो स्थानमा रहेका छन् ।
यसैगरी, २८ अंकसहित नेपाल एपीएफ क्लब चौथो, २६ अंकसहित रेड टाइल्स पाँचौँ, २५ अंकसहित होप्स टेबलटेनिस एकेडेमी छैटौँ र १२ अंकसहित ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब सातौँ स्थानमा छन् । सात टोली सहभागी प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण