शुक्रबार पोखरामा मिनी सडक महोत्सव हुने
पोखरा । पर्यटन दिवसको अवसर पारेर पोखरामा असोज ११ गते अर्थात् शुक्रबार मिनी सडक महोत्सव हुने भएको छ ।
रेस्टुरेन्ट एन्ड वार एसोसिएसन पोखरा (रेवान) को आयोजनामा मिनी सडक महोत्सव हुन लागेको हो । बेलुका साढे ४ बजेदेखि अम्बोटबाट बाराही चोकसम्म महोत्सव आयोजना गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवले आन्तरिक र बाह्य पर्यटक पोखरा भित्राउन सहयोग पुग्ने उनको दाबी छ ।
पोखरा पर्यटन परिषद्ले यो वर्षको पर्यटन दिवस ४ दिन विभिन्न कार्यक्रम गरी मनाउन थालेको हो । पहिलो दिन बुधबार पोखराको पर्यटन राजधानी–नीति संवाद कार्यक्रम भएको छ । यस्तै, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरास्थित पर्यटकीय सङ्घसंस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटक बसपार्कमा पहिला आउने पर्यटकलाई बाजागाजा सहित सम्मान गरेका थिए ।
बिहीबार टान गण्डकीको आयोजनामा पोखरा–मोरिया–लप्सीबोट–भुकदेउराली सम्मको पदयात्रा सुरु भएको छ । अन्तिम दिन पोखरा पर्यटन परिषद्कै आयोजनामा ‘पर्यटन र शान्त’ शीर्षकमा ‘टक सो’ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण