दसैँअघि निर्माण व्यवसायीले मागे ४५ अर्ब भुक्तानी
काठमाडौँ । निर्माण व्यवसायीले सरकारले भुक्तानी गर्न बाँकी रहेको ४५ अर्ब रकम दसैँअघि भुक्तानी गर्न माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै चाडपर्वमा उनीहरूले निर्माण व्यवसायीसँग आश्रित हजारौँ परिवार प्रभावित हुने भएकाले तत्काल भुक्तानी गरिनुपर्ने बताए ।
समयमा भुक्तानी नपाउँदा निर्माण क्षेत्रको समग्र अर्थतन्त्रमा प्रभाव परेको उनीहरूको भनाइ छ ।व्यवसायीहरूले समयमा भुक्तानी नपाउँदा चाडपर्वको समयमा मजदुरलाई भुक्तानी दिन नसक्दा व्यवसायीकै बदनाम हुने गरेको बताए ।
विगत लामो समयदेखि राष्ट्रिय गौरवका आयोजना लगायतका विभिन्न आयोजनाको करिब ४५ अर्ब रकम भुक्तानी दिन बाँकी रहेको उनीहरूको भनाइ छ । यसरी समयमा भुक्तानी नपाउँदा निर्माण व्यवसायीले बैंकको ऋणको किस्ता राज्यलाई बुझाउनुपर्ने करको रकम भुक्तानीमा समस्या भएको छ ।
निर्माण व्यवसायीका अध्यक्ष रवि सिंहले समयमा भुक्तानी नपाउँदा समग्रमा निर्माण आपूर्ति चक्र नै प्रभावित बनेको बताए । सरकारले वहुवर्षिय आयोजनामा न्यून बजेट विनियोजन गर्ने प्रवृत्तिले भुक्तानीमा समस्या देखिएको उनले बताए ।
‘योजनाहरूलाई प्राथमिकतामा राख्ने तर आवश्यक बजेट विनियोजन गर्न नसक्ने प्रवृत्तिले भुक्तानीमा समस्या भएको छ,’ उनले भने,‘वैदेशिक ऋण उठाएर हुन्छ कि आन्तरिक ऋण उठाएर भुक्तानी गर्नुपर्यो ।’
सरकारले पुरानो भुक्तानी नदिई नयाँ टेण्डर आह्वान गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी ड्रोन रोक्न स्टारलिङ्क सिग्नल अवरुद्ध गर्ने रूसी प्रयास
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण