लुम्बिनीका पदाधिकारीमाथि गरिएको हातपातप्रति स्थानीय ९ दलको निन्दा
बुटवल । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरूबाट भएको हातपात र अभद्र व्यवहारको विभिन्न ९ राजनीतिक दलहरूले निन्दा गरेका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा क्रियाशील दलहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रियसभाका सदस्यहरू सहभागी कार्यक्रम स्थलमै पुगेर हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौच गर्नुका साथै लछारपछार गर्दै कुटपिट गर्ने दोषीलाई कारबाहीको माग गरेका हुन् । दलहरूले जिल्ला प्रशासनलाई सत्य तथ्य पत्ता लगाई समस्या समाधान गर्न माग समेत गरेका छन् ।
नेपाली कांग्रेस लुम्बिनी सांस्कृतिक नगर सभापति विन्दराम यादव, नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर समितिका उपाध्यक्ष मञ्जु ढकाल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र यादव,नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष सफिउरह मान अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव रामाकान्त वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कोषाध्यक्ष हिन्दराज यादव, जसपा नगर उपाध्यक्ष हुसेन लोध, जनमत पार्टी नगर सचिव बोजिउद्दिन मुसलमान र लोसपा नगर अध्यक्ष राफिक अहमद मुसलमानले हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् ।
विज्ञप्तिमा आन्दोलन गर्न र आफ्ना माग राख्न पाउने तर, संवाद र सहमतिबाटै निकास निकाल्न सकिने अवस्था हुँदा हुँदै यस खालको घटनाले विश्वमा लुम्बिनीको गरिमामा आँच आउनेतर्फ समेत सबै पक्षलाई सचेत गराइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण