आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी
तुलसीपुर (दाङ) । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।
तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको आठ वर्षमा पुल निर्माण पूरा भएको हो । विसं २०७५ चैत १८ गते काम पूरा गर्नेगरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते सम्झौता भएको थियो ।
भ्याटबाहेक १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माण भएको हो । व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माण विवादमा परेको थियो ।
त्यही विवादलाई देखाउँदै पटक–पटक निर्माण कम्पनीले म्याद थप गरिएको थियो । यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने गरेको थियो । तर अहिले पुल बनेपछि निकै सहज भएको अटोचालक सुरेश परियारले बताए ।
'वर्षात्मा निकै समस्या हुने गरेको थियो, पानीको बहाब बढ्दा एक घण्टाभन्दा बढी लगाएर खैरा हुँदै तुलसीपुर जानुपर्ने अवस्था थियो, अहिले त्यो समस्या हटेको छ,' उनले भने । पुल निर्माणका लागि स्थानीयले दबाब दिँदै आएका थिए । उक्त पुलको शिलान्यास कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण