पहिरोको कारण 'कुलेखानी-फाखेल-काठमाडौँ' सडक अवरुद्ध
शुक्रबार, ११ असोज २०८१, १० : १८

मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्ड अन्तर्गत इन्द्र सरोवर गाउँपालिका-२ सुकौरामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।
सोमबार बिहान ९ः३० बजेको समयमा उक्त स्थानमा सडकको माथिल्लो भागबाट पहिरो खसेको प्रहरीको भनाई छ । बिहीबारबाट भएको अविरल वर्षाका कारण पहिरो खसेको हो ।
सो स्थानको पहिरो हटाउन प्रहरी टोली परिचालन गरिएको र प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।
यता पहिरोका कारण कान्ति लोकपथ बिहीबारबाट बन्द छ । वर्षा नरिकिएकाले बकैया-१२ घट्टेपाखामा खसेको पहिरो हटाउन समस्या भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ८ वटा मोटरसाइकल बरामद
-
लुम्बिनी प्रदेशका तीन औद्योगिक क्षेत्र : बजेट र सरकारी पहलले जगायो निर्माणको आशा, उद्योगी उत्साहित
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान