पहिरोको कारण 'कुलेखानी-फाखेल-काठमाडौँ' सडक अवरुद्ध
शुक्रबार, ११ असोज २०८१, १० : १८
मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्ड अन्तर्गत इन्द्र सरोवर गाउँपालिका-२ सुकौरामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो ।
सोमबार बिहान ९ः३० बजेको समयमा उक्त स्थानमा सडकको माथिल्लो भागबाट पहिरो खसेको प्रहरीको भनाई छ । बिहीबारबाट भएको अविरल वर्षाका कारण पहिरो खसेको हो ।
सो स्थानको पहिरो हटाउन प्रहरी टोली परिचालन गरिएको र प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।
यता पहिरोका कारण कान्ति लोकपथ बिहीबारबाट बन्द छ । वर्षा नरिकिएकाले बकैया-१२ घट्टेपाखामा खसेको पहिरो हटाउन समस्या भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण