‘गुन्यो चोलो’ रिलिज स्थगित
शुक्रबार, ११ असोज २०८१, १२ : ५६
काठमाडौंँ । फिल्म ‘गुन्यो चोलो’ आगामी कात्तिक ९ गतेबाट प्रदर्शनमा नआउने भएको छ । विशेष कारणले फिल्मको रिलिज स्थगित गर्नुपरेको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् ।
उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै केही कारणले तत्काललाई रिलिज स्थगित गर्नुपरेकोले चाँडै नयाँ प्रदर्शन मिति घोषणा गर्ने उल्लेख गरेकी छन् ।
अभिनेता नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिकामा फिल्ममा अभिनय गरेका छन् । फिल्मको चरित्रका उनले लागि १५ केजी तौल घटाएका थिए ।
फिल्ममा नाजिरको अलवा सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ । निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन फिल्ममा छ ।
फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
-
जेनजी अभियन्तामाथि भएको कुटपिट र धरपकडप्रति प्रलोपाको आपत्ति
-
विश्वकप खेलेका दक्षिण अफ्रिकी मिडफिल्डर जेडेन एडम्सको २५ वर्षमै निधन
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण