‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल’मा १५ प्रतियोगी
काठमाडौँ । ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’को अन्तिम प्रतिस्पर्धामा १५ प्रतियोगी भिड्ने भएका छन् । आयोजक ग्रिन आर्टस मिडिया प्राल्लीले बिहीबार विश्व सम्पदा सूचीमा परेको नेपालको वसन्तपुरमा प्रतियोगी सार्वजनिक गरेको हो । सो क्रममा प्रतियोगीले वसन्तपुर क्षेत्र र त्यहाँ रहेका हेरिटेजहरुको अवलोकन गर्दै त्यसको बारेमा जानकारी लिएका थिए ।
‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल नेपाल २०२४’ युनेस्कोको ऐतिहासिक र महत्त्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनका लागि प्रारम्भ गरेको ई–प्लानेटद्धारा सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज इन्टरनेशनल’का लागि प्रतिनिधित्व छान्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिता हो । प्रतियोगीताका विजेताले विश्वका धेरै मूलकको सहभागिता रहने ‘हेरिटेज इन्टरनेशनल’मा नेपालको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण चिनाउनुको अलवा स्वदेशमा भित्र कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नेछन् ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी १६ गते बुधबार राजधानीमा एक भव्य कार्यक्रमका बिच हँुदैछ । आयोजक ग्रिनआर्ट मिडियाले सबै प्रतियोगीलाई व्यक्तित्व, सञ्चार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता विकास, प्रभावकारिता र स्टेज प्रस्तुति लगायत उपयोगिता र प्रभावकारी प्रशिक्षणसहित फाइनमा प्रतिस्पर्धामा उतार्ने ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच अनिला श्रेष्ठले बताइन् ।
प्रतियोगितामा मिस र मिसेज गरेर दुई विजेता छानिनेछन् । जसले थाइल्याण्डको बैंककमा नोभेम्बर २४ मा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
केही शीर्षकमा उपविजेता समेत समेत छानिने प्रतियोगितामा विजेताले विभिन्न गिफ्ट तथा अवसर उपहारका रूपमा समेत प्राप्त गर्न सक्नेछन् । यस अगाडि नेपालबाट ‘मिस एण्ड मिसेज हेरिटेज इन्टरनेशनल’मा मन्जु बन्जारा ढकाल, आश्रा कुवर, श्रिजना पुन, दुर्गा बिसुराल, अदीति श्रेष्ठ, परिन्दा परि श्रेष्ठ, परिसा रानाभाट, लिलि सुवाल, आज्मा महर्जन लगायत सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण