सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षण
काठमाडौँ । नेकपा (एमाले)ले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
शुक्रबार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
एमालेले सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गरिएको भट्टराईले जानकारी दिए ।
साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गएको जनाए ।
ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ध्यानाकर्षण गराएर सरकारलाई घच्घच्याउने प्रयास सकारात्मक रहेको बताए । उनले चाडपर्वका अवसरमा सरकारले नागरिकलाई दिनुपर्ने सेवामा कुनै कमी हुन नदिने आश्वासन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण