आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापान सरकारको आग्रह
टोकियो । इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।
जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानहरू तयार गर्ने निर्णय गरेको सरकारले शुक्रबार जनाएको छ । इजरायली बम विष्फोटले यस हप्ता लेबनानमा सयौं मानिसहरूको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ ।
'हामीले हाल लेबनानमा बसोबास गर्ने जापानी नागरिकको सुरक्षा अवस्था बुझिरहेका छौँ, साथै उनीहरूलाई नियमित व्यावसायिक उडानहरू सञ्चालनमा रहँदा देश छोड्न आग्रह गरिरहेका छौं,' मुख्य क्याबिनेट सचिव योशिमासा हयासीले भने ।
यससँगै रक्षा मन्त्रालयले जापानी नागरिकहरूलाई क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानहरूलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको बताएको छ । 'टोकियो इजरायल र हेजबुल्लाहबिच तनाव बढेकोमा निकै चिन्तित छ,' जापानका विदेशमन्त्री योको कामिकावाले भनेकी थिइन् ।
'जापानले सबै पक्षहरूलाई थप तनावबाट बच्न अत्यधिक संयम अपनाउन दृढतापूर्वक आग्रह गर्दछ,' उनले भनिन् । इजरायलले लेबनानमा २१ दिने युद्धविरामका लागि सहयोगीहरूको दबाबलाई अस्वीकार गरेको छ र हेजबुल्लाह लडाकुहरूसँग लडाइँ जारी राख्ने वाचा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण